केपी ओलीको राजनीतिक प्रतिवेदन : नेपाली काँग्रेस दलाल पुँजीवादी, प्रचण्ड विभाजनकारी

काठमाण्डु टुडे २०७८ असोज १५ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, १५ असोज – शुक्रबारबाट सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई पुँजीवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन् ।

ओलीले प्रतिवेदनमा भनेका छन् – ‘नेपाली काँग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ’ ।

ओलीले मधेस केन्द्रीत दलहरूमाथि पनि टिप्पणी गरेका छन् । मधेसकेन्द्रित दललाई ओलीले संकीर्ण, यथास्थितिवादी भनेका छन् – ‘मधेस–केन्द्रित दलका संकिर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ।

त्यस्तै उनले आफ्नो मुख्य प्रतिष्पर्धा पार्टी पनि काँग्रेस नै रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us