अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रामाथि लगाएको प्रतिबन्ध हट्दै

काठमाण्डु टुडे २०७८ असोज १५ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, १५ असोज – अस्ट्रेलियाले अर्को महिना अन्तर्राष्ट्रिय यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउँदैछ । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्न लागेको हो ।

यो नीतिले कोभिड – १९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रामा अनुमती पाउने छन् ।

उक्त व्यवस्थालाई क्रमैसँग हटाउने निर्णय गर्दै त्यसको सट्टा खोप लगाएका यात्रुहरूलाई सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us