रावल र भट्टको जिम्मेवारी विवाद ओलीले मिलाउने

काठमाण्डु टुडे २०७८ असोज ११ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– नेकपा एमालेले पार्टीको सुदुरपश्चिम इन्चार्ज भीम रावल र लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर मिलाउन सकिने स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने बताए । ‘जेठ २ लागू भैसकेको छ । सुदूरपश्चिमको हकमा उच्चस्तरीय कार्यदलसँगको सल्लाहमा अध्यक्षले मिलाउनुहुन्छ’ नेता गुरुङको भनाइ छ ।

उनले रावल र भट्टमध्ये एकलाई सम्मानपूर्वक अर्को जिम्मेवारी दिन सकिने भन्दै १० बुँदे ९० प्रतिशत समाधान भइसकेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us