रुपन्देही, ११ असोज – रुपन्देहीमा एक मजदुरको लडेर मृत्यु भएको छ भने, उनीसँगै खसेर एक घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पत्थरगंंजस्थित स्थानीय देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने लमही नगरपालिका– ९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको लडेर मृत्यु भएको हो ।
घरमा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने, उनीसँगै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने २५ वर्षीय गोविन्दप्रसाद थारुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।