काठमाण्डु, ११ असोज– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन मंसिरको पहिलो सातासम्म पछि सारेको छ । दसैँमा परेका कारण आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ ।