मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिन गठबन्धनको तयारी

काठमाण्डु टुडे २०७८ असोज १० गते १३:०९ मा प्रकाशित

काठमाण्डु, १० असोज– सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफल गरेका छन्। आज बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए।
गठबन्धनको छलफलमा सहभागी जसपा नेता महेन्द्र राय यादवले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने, गठबन्धनलाई दीगो बनाएर लैजाने जस्ता कुराकानी भएको बताए। मन्त्रिपरिषदको पूर्णता, मन्त्रालयको भागबण्डा लगायतका विषयमा छलफल गर्न आइतबार बिहान बसेको बैठकले परिणाम दिनेगरी समाधान खोज्न नेताहरुलाई जिम्मेवारी दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us