प्रचण्डसँग चुनाव लड्न सक्छुः बादल

काठमाण्डु टुडे २०७८ असोज ८ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, ८ असोज– नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा बादलले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू चुनाव लड्न सक्ने चुनौती दिएका छन् ।

प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चुनाव लड्न सकिने उनले बताएका हुन्।

ुचुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ,ु उनले भने। बादल २०६४ सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यसयता उनी यहाँ चुनाव लडेका छैनन्। प्रचण्ड २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us