काठमाण्ड, ६ असोज– नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो । असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।