५० हजार धरौटीमा छुटे राज कुन्द्रा

काठमाण्डु टुडे २०७८ असोज ५ गते १२:२० मा प्रकाशित

काठमाण्डु, ५ असोज– अश्लिल भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका भारतीय व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा ५० हजार धरौटीमा रिहा भएका छन् ।  सोमबार साँझ उनलाई मुम्बई अदालतले धरौटीमा रिहा गरेको भारतीय सञ्जारमाध्यममा उल्लेख छ।

कुन्द्रलाई ५० हजार भारतीय रुपैयाँ धरौटी राखेर रिहा गरिएको हो। उनीसँगै उनका आइटी प्रमुख रियान थोर्पेलाई पनि रिहा गरिएको हो।

गत जुलाई १९ मा पक्राउ परेका कुन्द्रा र उनको समूहले यसअघि जमानतको लागि दिएको निवेदन खारेज गरेको थियो। मुम्बई पुलिसले कुन्द्रामाथि २०२० र त्यसअघि दायर भएका मुद्दाको आधारमा कारबाही अघि सारेको थियो। उनीमाथि अभिनेत्री शर्लिन चोपडादेखि पुनम पाण्डेसम्मले गम्भीर आरोप लगाएका थिए।

कुन्द्रलाई भारतीय कानुनको धारा २९२ तथा २९६ अन्तर्गत अश्लील सामग्री बनाएको र बिक्री गरेको आरोपसहित अन्य आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us