काठमाण्डु, ४ असोज – बर्दिया प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ८ का गोविन्द थारु र मधुवन नगरपालिका २ का किशोर दर्लामी हुन ।
पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ८ का गोविन्द थारु र मधुवन नगरपालिका २ का किशोर दर्लामी हुन ।
थारूलाई बर्दिया जिल्ला अदालतले २०७६ माघ २४ गते लेनदेन मुद्दामा १ वर्ष ६ महिना २६ दिनको कैद सजाय तोकेको थियो । दर्लामीलाई भने अदालतले २०७८ वैशाख २८ गते बहुविवाह मुद्दामा १० महिना २९ दिनको कैद सजाय र १० हजार जरिवाना तोकेको थियो ।
पक्राउ परेका दुवैजनालाई बर्दिया जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताए ।