थप ७३४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज ३ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, ३ असोज– देशभर बितेको २४ घण्टामा ् ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा १४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us