अब धेरै मिलिसक्यो, केही जिल्लामा देखिएका विवाद छिट्टै समाधान हुन्छः पौडेल

काठमाण्डु टुडे २०७८ असोज ३ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ३ असोज – नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक गर्न सकेको छैन। कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन। सबैभन्दा धेरै विवाद प्रदेश २ मा रहेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘अब धेरै मिलिसक्यो, केही जिल्लामा देखिएका विवाद छिट्टै समाधान हुन्छ ।,’ १३ जिल्लामध्ये कांग्रेसले चार जिल्ला डोल्पा, सर्लाही, सुर्खेत र कैलालीको विवाद मिले पनि नाम भने सार्वजनिक भएको छैन।

कांग्रेसले भदौ १८ मा देशैभर वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लामा मात्रै पहिलो चरणमा अधिवेशन सकेको थियो। महाधिवेशन कार्यतालिकाअनुसार यही असोज ५ मा २० जिल्लाभित्र वडामा अधिवेशन हुनुपर्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us