सुन लुट्न आफ्नै नातिले गरे हजुरआमाको हत्या

काठमाण्डु टुडे २०७८ असोज २ गते १६:११ मा प्रकाशित

बझाङ, २ असोज – बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न आफ्नै नातिले हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा नाति २३ वर्षीय सुवास जप्रेललाई प्रहरीले हिरासतमा लिएको हो ।

प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथलीमा पर्ने लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

सुवासले प्रहरीसमक्ष हजुरआमाको हत्या गरेको स्वीकार गर्नुका साथै कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा रहेको सुनकै फुली लुटेर सोही दिन बिक्री गरेको पनि स्वीकार गरे जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्काले बताए । उनले सोही साँझ पुनः घटनास्थलमा गई लासलाई घरभित्रबाट ल्याएर खाडलमा पुरेको पनि बयान दिएको खड्काको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us