यार्सागुम्बा लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाण्डु टुडे २०७८ असोज १ गते १७:५० मा प्रकाशित

काठमाण्डु, १ असोज– काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट यार्सागुम्ब लुटेको आरोपमा चार जनालाई पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका–६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटिएको थियो ।

लुटपाटमा संलग्न आरोपमा मकवानपुर घर भएका ३० वर्षीय नवराज सुनुवार र २७ वर्षीय बुद्धराज सुनुवार, नुवाकोट घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत बिहिबार पक्राउ गरिएको परिसर, काठमाडौंले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us