थप ५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ । पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्। ुसोहि अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ।

हाल सक्रिय संक्रमित २५ हजार ७७२ छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us