नेकपा एमाले भनेको मौरीको गोलो होः ओली

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले मौरीको गोलो भएको बताएका छन् । बिहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘मौरीको संगत लागेर गयो भने फूलबारीमा पुगिन्छ । झिँगाको पछि लागेर फूलबारी पुगिँदैन ।

फोहोरको डंगुरमा पुगिन्छ, त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’अध्यक्ष ओलीले भने । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड क्रमशः बिलाउँदै गएको टिप्पणी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us