सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गएः ओली

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अष्टलक्ष्मी शाक्यलाई माधव नेपाल फेरी एमालेमा किन आउने भनी प्रश्न गरेका छन् । बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् ।

‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ’, उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दाबी गरे ।

उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ? माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले माओवादी केन्द्र एमालेमै रहेको भन्दै नाममात्रै रहेको प्रचण्ड गुट बाहिरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us