विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौंः शाक्य

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भएको बताएकी छन् ।

बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले भनिन्, ‘विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं,’ शाक्यले भनिन्, ‘अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’

यस्तो बताएकी हुन् । ‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, शाक्यले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ ।’

साथै उनले नेकपा विभाजनपछि आफु लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो पनि गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us