जिप दुर्घटनाका घाइतेलाई जहाजले ग¥यो उद्धार

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते १२:३८ मा प्रकाशित

बैतडि, ३१ भदौ –दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ ।

उद्धार गरिनेमा पाटन नगरपालिका – ६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइतेमा जाशीको अवास्था गम्भीर रहेकाले समिट एयरको विमानमार्फत बधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जाशीकोृ टाउकामा गम्भीर चोट लागेको छ ।

राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से १ ज ६३४ नम्बरको जिप र भे ७ प ४३४५ मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका थिए । मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us