सरकारले छुट्टायो कोरोना खोप किन्न थप ५ अर्ब

काठमाण्डु टुडे २०७८ भदौ २५ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ।

शुक्रबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us