काठमाण्डु, २५ भदौ–भाद्र कृष्ण औँसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलाका क्रममा गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहर नउठ्दा वाग्मती किनारको क्षेत्र प्रदूषित बनेको छ ।
गोकर्णे औँसीसमेत भनिने मेला सकिएको तीन दिन बितिसक्दा पनि फोहर नउठ्दा सडकमा हिँड्न पनि नसकिने अवस्था भएको मन्दिर क्षेत्र पुग्ने दर्शनार्थीको गुनासो छ । मेलाका दिन राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रस्थित यज्ञडोल ९जगडोल० सामुदायिक वनदेखि नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको वन क्षेत्रसम्म भक्तजनको भीड लागेको थियो ।
गोकर्णेश्वर क्षेत्रमा कुहिने फोहर फालिएका स्थानमा गन्धले समस्या छ ।
कुशे औँसीको दुई दिनपछि हरितालिकाको व्रत बसेका व्रतालु महिला मन्दिर क्षेत्र पुग्दा नाक थुनेर हिँडेको दृश्य देखिन्थ्यो । मन्दिर क्षेत्रमा थुप्रिएको फोहर उठाउन ढिला हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने खतरा बढेको स्थानीयवासी कविन्द्र कार्की बताउँछन् । राष्ट्रिय शहीद तथा निजामती स्मारक यज्ञडो ९जगडोल० सामुदायिक वन पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल सडक मुनिको भागमा मन्दिर क्षेत्र प्रबन्ध समितिले सफाइ गर्नुपर्नेमा ढिला भएको बताउँछन् । स्मारक क्षेत्रको सफाइ भने आजदेखि सुरु गर्न लागिएको उनले जानकारी दिए ।