मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति, कारबाहीको चेतावनी

काठमाण्डु टुडे २०७८ भदौ २० गते १३:२६ मा प्रकाशित

काठमाण्डु, २० भदौ– गृह मन्त्रालयले विगत केहीदिन यता छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने तथा नाराबाजी र जुलुस प्रदर्शन भइरहेका घटनाप्रति आपति जनाएको छ ।

आइतबार मोदीको नाम उल्लेख नगरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ुविगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।ु

सरकारले सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको गृह मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us