काठमाण्डु, १९ भदौ– सरकारले आगामी २३ भदौमा संघीय संसद बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको शनिबारको बैठकले २३ फागुनको अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष रिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक बोलाउने निर्णय भएको जानकारी दिए ।
संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको बैठक आह्वान गर्ने उल्ल्ेख छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२ साउनमा संसदको वर्षे अधिवेशन अन्त्यको आह्वान गरेकी थिइन् । लगत्तै १ भदौमा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संसद जारी रहेका बेला अध्यक्षदेश ल्याउन नमिल्ने भएका कारण सरकारले संसद अधिवेशन अन्त्य गरेको हो ।
अध्यादेशमा आधारमा एमालेबाट माधव नेपाल नेतृत्वको समूह अलग भएर नेकपा एकीकृत समाजवादी र राजपाबाट महन्ठ ठाकुर समूह अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ । निर्वाचन अयोगले ती दुवै दलका जनप्रतिनिधिलाई दल छान्न तोकेको समय सकिएको एक दिनपछि सरकारले फेरि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।
प्रमुख प्रतिपक्षी एमालेले हतारमा संसद बैठक अन्त्य गरेर आफ्नो दल विभाजन गर्न अध्यादेश ल्याएको भन्दै अधिवेशन चल्न नदिने चेतावनी दिएको छ ।