चट्याङ्ग लागेर किशोरको मृत्यु

रासस २०७८ भदौ १७ गते १७:०४ मा प्रकाशित

उदयपुर, १७ भदौ–  निरन्तर वर्षासँगै परेको चट्याङ्गबाट त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान  चौधरीको मृत्यु भएको छ ।

घरमा नै  चट्याङ्ग लागेर गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा  जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us