सुदूरपश्चिममा एमालेका १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत

काठमाण्डु टुडे २०७८ भदौ १५ गते १८:०७ मा प्रकाशित

धनगढी, १५ भदौ– सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले) सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्।

मंगलबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा गएर उनीहरूले नयाँ पार्टीका पक्षमा सनाखत गरेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नेहरुमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us