काठमाण्डु, १३ भदौ– नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ ।
आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता माधव नेपाललाई दिएको सांसद विरोध खतिवडाले जानकारी दिए ।
बैठकका निर्णय सुनाउँदै खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको पत्रकारहरूलाई बताए।