एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन

काठमाण्डु टुडे २०७८ भदौ १३ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्।

आइतबार बसेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो। नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्।

बुधरबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता पाएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us