काबुलमा अर्को बम हमला हुने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाण्डु टुडे २०७८ भदौ १३ गते ७:५२ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी महला हुन सक्ने चेतावनी दिएका छन् ।

इस्लामिक स्टेट (आइएस) ले बिहीबार मात्र काबुल विमानस्थल नजिकै गराएको विस्फोटमा १ सय ७० जनाको ज्यान गएको थियो । काबुलमा उद्धारमा खटिएका अमेरिकी सैनिक अधिकारीहरुको सूचनालाई उद्धृत गर्दै राष्ट्रपति बाइडेनले आइतबारभित्र अर्को आक्रमण हुन सक्ने बताए ।

अमेरिकाले आक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै सचेत रहन आग्रह गरेको छ । अमेरिकाले जवाफी बारबाही स्वरुप आइएसलाई लक्षित गरी शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो ।

उक्त हमलामा आइएसका दुई कमाण्डर मारिएको दाबी अमेरिकी अधिकारीहरुले गरेका छन् । बाइडेनले आक्रमण जारी राख्ने र बाँकी आक्रमणकारीलाई मूल्य चुकाउन बाध्य पार्ने चेतावनी दिए । काबुलमा हाल ४ हजारभन्दा बढी संख्यामा अमेरिकी सेना छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us