काठमाण्डु, ९ भदौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राति १२ बजे सदन अन्त्य गरेर भोलीपल्ट अध्यादेश ल्याउन के जरुरी थियो भनी प्रश्न गरेका छन् ।
बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले संविधानले सांसदलाई दिएको अधिकार व्यवहारिक अर्थमा कार्यान्वयन हुन सकोस् भनेर आफूले अध्यादेश जारी गरेको जिकिर गरेका हुन् ।
उनले कुनै पार्टी विशेषलाई फुटाउने उद्देश्यका साथ त्यो बेला आफूले अध्यादेश नल्याइएको दाबी गरे । ‘कुनै पार्टीमा फ्लोर क्रस गर्ने काम भएको पनि थिएन ।
पार्टीभित्र सामान्य विवाद हुँदा हुन् तर कुनै पनि पार्टी त्यतिबेला फुट उन्मुख थिएनन्,’ उनले भने, ‘संसदमा ४० प्रतिशत संख्या पु¥याएर अलग हुन पाउने सांसदको अधिकार हो, हामीले दल वा संसद भनेका थियौं ।’ तर अहिले पार्टी फुटाउनका लागि कोसँग कति मान्छे छन् भन्ने हिसाब गरेर अध्यादेश ल्याइएको उनले आरोप छ ।
‘१२ बजे राति सदन अधिवेशन अन्त्य हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ,’ उनले भने ।
चलेका बेला, संसद विघटन भएका बेला तत्काल केही गर्नु परेमा देश र जनताका लागि, व्यक्तिका लागि होइन, एउटा समूहका लागि होइन, अध्यादेश ल्याउन मिल्छ,’ उनले भने, ‘तर अहिले देश र जनताका लागि राति अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश ल्याउन के जरुरी पर्यो ?’
संविधानले सांसदलाई दिएको अधिकार व्यवहारिक अर्थमा कार्यान्वयन हुन सकोस् भनेर आफूले अध्यादेश जारी गरेको जिकिर गर्दै उनले कुनै पार्टी विशेषलाई फुटाउने उद्देश्यका साथ त्यो बेला अध्यादेश नल्याइएको दाबी गरे ।