पाल्पामा जीप दुर्घटना, ११ जना घाइते

काठमाण्डु टुडे २०७८ साउन ३२ गते १२:५८ मा प्रकाशित

पाल्पा, ३२ साउन– पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट आएको लु १ ज २९९२ जीप बिहान तानसेन नगरपालिका वार्ड ७ सालघारीमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेमा तानसेन नगरपालिका–७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, ३३ वर्षका पवनकुमार ग्राह, ३५ वर्षका सन्तोष गैरे रहेका छन् ।

यस्तै तानसेन नगरपालिका–६ का ३३ बर्षीय चालक सोम राना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सबै घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us