निर्वाचन आयोगले ग¥यो ४१ वटा राजनीतिक पार्टीको दर्ता खारेज

काठमाण्डु टुडे २०७८ साउन १९ गते १५:२७ मा प्रकाशित

काठमाण्डु, १९ साउन– निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता खारेज गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ ।

दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् । आयोगको निर्णयसँगै अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ ।

यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us