दाङमा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७८ साउन १९ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, १९ साउन– दाङ प्रहरीले अत्याधुनिक हतियार सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us