माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयोः काँग्रेस नेता यादव

काठमाण्डु टुडे २०७८ साउन १८ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, १८ साउन– नेपाली काँग्रेसका नेता पूर्व मन्त्री महेन्द्र यादवले नेकपा एमाले का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी भन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानुनको रक्षाको लागि अडान लिनुभयो ।

अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाइट घट्दैन, बरु बढ्छ ।’ उनले माधव नेपाललाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरे । उनले भने, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपाल पनि त्यस्तै हुनुभएको छ ।’

उनले माधव नेपाल समूह पनि ढिलो÷चाँडो सरकारमा सहभागी हुने समेत विश्वास दिलाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us