महन्थ ठाकुरको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाण्डु टुडे २०७८ साउन १८ गते १६:०५ मा प्रकाशित

काठमाण्डु, १८ साउन– जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us