बागलुङमा बस दुर्घटना, ११ जना घाइते

काठमाण्डु टुडे २०७८ साउन १८ गते ८:४८ मा प्रकाशित

बागलुङ, १८ साउन– बागलुङको पश्चिम गलकोटमा भएको बस दुर्घटनामा ११ जना घाइते भएका छन् ।

काठमाण्डुबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा५ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका–१ चौराहमा दुर्घटना भएको हो ।

बसमा २० यात्रु सवार रहेको बागलुङ प्रहरीका डिएसपी इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार ब्रेक फmे भएर बस भित्तामा ठक्कर खाएर पल्टिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us