अफगानिस्तानमा तालिवान आक्रमण

काठमाण्डु टुडे २०७८ साउन १७ गते ८:०० मा प्रकाशित

काठमाण्डु, १७ साउन– अमेरिकी सेनाले छाडेलगत्तै अफगानिस्तानमा तालीवान समूहले आक्रमण गरेको छ ।

गएरातिदेखि सरकारी सेना र अफगान लडाकुबीच भिडन्त जारी रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । कान्दाहार, लस्करगाहा र तेराहा सहर नियन्त्रणमा लिने प्रयासमा तालिवानले आक्रमण गरेको समाचारमा उल्लखे छ ।

पछिल्लो केही समययता तालिवानले अफगानिस्तानका ग्रामीण इलाकामा कब्जा जमाउँदै आएको छ । अमेरिकी सेनाको ठूलो समूहले गत महिना मात्र अफगानिस्तान छाडेको थियो ।

अमेरिकी सेना नेतृत्वमा रहेका विदेशी सेनाले आगामी सेप्टेम्बरभित्र अफगानिस्तान छाड्ने घोषणा गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us