भारतमा रेलले बसलाई ठक्कर दिँदा १८ को मृत्यु

काठमाण्डु टुडे २०७८ साउन १३ गते ८:१७ मा प्रकाशित

एजेन्सी– भारत उत्तर प्रदेशको बाराबंकी जिल्लामा बसलाई रेलले ठक्कर दिँदा १८ यात्रुको मृत्यु भएको छ ।

मंगलबार राति स्थानीय समयअनुसार करिब १२ बजेतिर सडक किनारामा रोकिराखेको दुई तले बसलाई गुडिरहेको रेलले पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो ।

हरियाणाबाट बिहारतर्फ जाँदै गरेको बस प्राविधिक समस्याका कारण बिग्रिएपछि सडक छेउमा रोकिएको र रेलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृतक अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा १९ जना घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको कारण छानबिन गरिने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us