उपेन्द्र यादव र स्वीटजरल्यान्डकी राजदूतबीच भेटघाट

काठमाण्डु टुडे २०७८ साउन ६ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, ६ साउन– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो ।

यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले जनाएको छ ।

अध्यक्ष यादवले राजदूतसँग शिष्टाचार भेटघाट भएको बताए । ‘भेटघाटमा एक अर्काको बारेमा समान्य भलाकुसारी हुन्छ,त्यही भएको हो, कुनै उद्देश्यले भेटघाट भएको हैन’ उनले भने । राजदूत केपलरले हिजो प्रधानमन्त्री देउवालाई पनि भेटेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us