थप २४७६ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ असार ११ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, ११ असार–  पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाको मृत्यु भएको छ । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us