राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०७८ असार ११ गते १७:१० मा प्रकाशित

काठमाण्डु, ११ असार– राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन नसक्ने बताएका छन् ।

शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि बताए । ‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या संकिर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले राष्ट्रिय हितलाई मात्रै महत्व दिँदा त्यसले अन्तराष्ट्रियवादलाई नसमाउने भन्दै अन्तर्राष्ट्रिय भाइचारालाई पनि नसमाउने बताए । ‘राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैन ।

त्यहाँ जस्टिस, त्यहाँ इन्टरनेशनल अब्लिगेसन जोडिनुपर्छ र मात्रै साना राष्ट्रका लागि उपयोगी अन्तत्वगत्वा सवै ठुला साना राष्ट्रका लागि विश्वशान्तिको स्थापना गर्ने, विश्वमा शान्ति कायम राख्ने र विश्वमा साझा समृद्धिका लागि साझा प्रयासहरु केन्द्रीत गर्ने कुरामा’ प्रधानमन्त्रीको भनाइ छ । उनले राष्ट्रिय हितहरुको रक्षा र सम्बर्द्धन न्यायपूर्ण र अन्तर्राष्ट्रिय उत्तर दायित्वसहित हुनुपर्दछ भन्नेमा आफु रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us