पदमुक्त २० मन्त्रीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार, झण्डा छोपेर बालुवाटार पुगे मन्त्रीहरु

काठमाण्डु टुडे २०७८ असार ८ गते १९:२५ मा प्रकाशित

काठमाण्डु, ८ असार– सर्वोच्च अदालतको अन्तरिम आदेशमा पदमुक्त भएका निवर्तमान २० मन्त्री प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मंगलबार प्रतिनिधिसभा विघटनपछि नियुक्त २१ मन्त्रीको पद खारेज हुने गरी अन्तरिम आदेश दिएको थियो ।

बर्खास्तीमा परेका मन्त्रीहरु गाडीको झण्डा छोपेर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह, पूर्वमाओवादीबाट एमालेमा आएका र एमालेकै केही नेतालाई २१ जेठ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

अदालतको आदेशमा १७ मन्त्री र ३ राज्यमन्त्री पदमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us