दाङमा निषेधाज्ञा एक हप्ता थप

काठमाण्डु टुडे २०७८ असार ८ गते १३:२५ मा प्रकाशित

दाङ, ८ असार–  दाङमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको आज बसेको बैठकले असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै बजार बिहान ६ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ ।

नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र नचल्ने बारे स्थानीय प्रहरी प्रशासनले कुनै निर्णय गरेन । तर सरकारी कार्यालय, बैंक र बजारका खुल्ने पसलहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

त्यस्तै होटल, पार्टी प्यालेस तथा रेष्टुरेण्टलाई प्याकिङ्ग गरेर मात्रै बिक्रि गर्ने गरि खोल्ने निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने अझै खुला गरिएको छैन । बैशाख १७ गतेबाट यहाँ निषेधाज्ञा जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us