मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु

काठमाण्डु टुडे २०७८ असार ७ गते १३:५१ मा प्रकाशित

सिन्धुपाल्चोक, ७ असार– सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए ।

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । मेलम्ची नगरपालिका–१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

मृतक मेलम्ची नगरपालिका–१ का स्थानीय हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us