उपत्यकामा ट्याक्सी चल्ने, बस नचल्ने

काठमाण्डु टुडे २०७८ असार ६ गते २०:३० मा प्रकाशित

काठमाण्डु, ६ जेठ– काठमाण्डु उपत्यकामा ट्याक्सी सञ्चालन हुने भएको छ ।

काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार साँझ बसेको बैठकले सार्वजनिक यातायातमध्ये ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर, ट्याक्सीमा जोर बिजोर प्रणाली लागू हुनेछ । बससहित अन्य सार्वजनिक सवारी साधन भने अझै केही समय सञ्चालन गर्न नदिने निर्णय भएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि काठमाण्डु उपत्यकामा गत १६ वैशाखदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । संक्रमण दर क्रमशः घट्दै गएकाले केही खुकुलो प्रावधानसहित निषेधाज्ञा ११ जेठसम्म थप गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us