उपत्यकामा कुन बार कुन पसल खुल्ने ?

काठमाण्डु टुडे २०७८ असार ६ गते २०:२५ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पारिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको प्रावधान खुकुलो पार्ने निर्णय गरेको हो । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि उपत्यकामा गत १६ वैशाखयता निषेधाज्ञा जारी छ ।

पछिल्लो समय ११ जेठसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बारअनुसार पसल सञ्चालन गर्न दिइने बताए । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय सामग्री तथा घरायसी सामानका पसल, अटोमोबाइल्सका पसल खुल्नेछन् ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री, कपडा÷जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट सप र टेलर खुल्नेछन् । बिहान ११ बजेदेखि ४ बजेसम्म ती पसल खोल्न दिने निर्णय भएको पराजुलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us