बलात्कारपछि हत्या गरेर महिलाको शव खोलामा फालियो

काठमाण्डु टुडे २०७८ असार ५ गते १७:३६ मा प्रकाशित

सल्यान, ५ असार– सल्यानमा खोलामा मृत अवस्थामा फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

दार्मा गाउँपालिका–५ गौतेकी ३० वर्षीया खिमा खड्काको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको हो । ३१ जेठमा सम्पर्कविहीन भएकी खड्का गत १ असारमा स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले घटना शंकास्पद रहेकाले छानबिन सुरु गरिएको बताए ।

मृतकका श्रीमान खिमबहादुर खड्काले घटना छानबिन गरी दोषीमाथि कारबाहीको माग गरे । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी शुक्रबार घर फर्किएका हुन् । खिमाको बलात्कारपछि हत्या भएको भन्दै पीडित परिवारले खिमाको शव बुझ्न मानेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us