मस्र्याङदी नदी थुनिएर बनेको ताल फुट्यो

काठमाण्डु टुडे २०७८ असार ५ गते १७:२७ मा प्रकाशित

मनाङ, ५ असार– पहिरोका कारण थुनिएको मस्र्याङदी नदी फेरि बग्न सुरु गरेको छ ।

नेस्याङ गाउँपालिका(४ हुम्डेमा गएको पहिरोले थुनिएको नदीको बहाव खुलेको हो । नदीमा पानीको बहाव भने बढेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने अविरल वर्षातका कारण नदीमा बाढी आइरहेका बेला पहिरोले थुनिँदा पानीको सतह बढेको बताए ।

स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ । ती क्षेत्रका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा बस्न भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us