देउवाद्वारा फेरि सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाण्डु टुडे २०७८ असार ५ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, ५ असार– शेरबहादुर देउवाले पुनः काँग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफूनिकट केन्द्रीय सदस्यहरुलाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर आफू सभापतिमा दोहोरिन चाहेको बताएका हुन् । काँग्रेसले शुक्रबार मात्र पार्टी महाधिवेशन आगामी १६ देखि १९ भदौसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको थियो । देउवाले आफू सभापतिमा निर्वाचित भएर पार्टीलाई संसदीय निर्वाचनमा बहुमत प्राप्त गरी प्रधानमन्त्री बन्ने उल्लेख गरे ।

आफ्नै नेतृत्वमा संविधान कार्यान्वयन भएको र तीन तहको निर्वाचन सम्पन्न गराएको भन्दै देउवाले मुलुकलाई काँग्रेसमय बनाउन आफू फेरि नेतृत्वमा आउन चाहेको बताए । सात प्रदेशका केन्द्रीय सदस्यहरुसँग परामर्श गर्ने कार्यतालिका अनुसार देउवाले शनिबार प्रदेश–१ का केन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us