कमल थापाले दिए राप्रपा फेरि विभाजित हुन लागेको संकेत

काठमाण्डु टुडे २०७८ असार ५ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, ५ असार– पटक–पटक विभाजनमा पूर्वपञ्चहरुको दल राप्रपा फेरि विभाजित हुने संकेत देखिएको छ ।

अध्यक्ष कमल थापाले राप्रपा विभाजनको संकेत गरेका हुन् । थापाले ट्विट गर्दै लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिंड्दा सन्तोष नहुने र गन्तब्यमा पनि पुग्न नसकिने बताएका छन् । उनले आफ्नो पछि कति मानिस छन् भनेर नहेर्ने बरु एक्लै हिंड्ने उल्लेख गरे ।

पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई लक्षित गर्दै थापाले उक्त अभिव्यक्ति दिएका हुन् । ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा सन्तोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो ।

अब मसँग गल्ती गरेर सच्याउने समय छैन’, थापाले लेखेका छन्, ‘त्यसैले, अब मेरो पछि कति छन् भनेर हेर्दिन । बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।’ थापा प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गरेर जाने पक्षमा छन् । तर, राणा र लोहनीले थापाको उक्त विचारलाई घातक भन्दै ओलीसँग सहकार्य गर्न नहुने बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us