ईश्वर पोखरेलद्वारा आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

काठमाण्डु टुडे २०७८ असार ४ गते १८:३० मा प्रकाशित

काठमाण्डु, ४ असार– नेकपा एमालेका महासचिव ईश्वर पोखरेल कोरोना महामारी र निषेधाज्ञाकै बेलामा आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ मा सक्रिय बनेका छन् । पोखरेलले शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गरे ।

पूर्व उपप्रधानमन्त्री पोखरेलले केही दिनअघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका बिभिन्न विकास योजनाहरुको पनि निरीक्षण गरेका थिए । सरकारले मध्यावधि चुनावको घोषणा गरेको अवस्थामा एमाले महासचिव पोखरेलले आफ्नो निर्वाचन क्षेत्र, काठमाडौं ५ लाई ध्यान दिन थालेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us